दालमोठ कम्पनीमा लागेको आगो नियन्त्रणमा,एक करोड पचास लाख बराबरको क्षति

0
72

चितवन १८ चैत्र । चितवनको भरतपुर लंकूस्थित दालमोठ कम्पनीमा मंगलबार आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।

भरतपुर -४ धारापानी टोलमा रहेको सरस फुड इन्डष्ट्रीमा आगलागी हुँदा मेसिन, कच्चापदार्थ र उत्पादन भएका सामग्री सबै जलेर नष्ट भएको छ ।

बिहान करिव ५ बजेबाट लागेको आगो भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाका गरि ५ वटा दमकलको सायताले आगो  नियन्त्रणमा लिएको थियो ।

आगलागी के कारणले भयो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । आगलागीबाट करिब एक करोड पचास लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।