कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बित

0
117

सप्तरी, १८ चैत । सीमानाका बन्द र लकडाउनका समयमा सप्तरीमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन ।

सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए ।