दैनिक ज्याला, मजदुर गर्ने मजदुरलाई रत्ननगर नगरपालिकाले राहत दिने

0
82

रत्ननगर १८ चैत्र । रत्ननगर नगरपालिकाले ज्याला मजदुरी गरि खाने मजदुरलाई राहतको प्याकेज दिने निर्णय गरेको छ । बिश्वमा फैलिएको कोरोना भाइरसका कारण देशलाई नै लकडाउन गरिएको अवस्थाको मध्यनजर गर्दै ज्यालादारी गरि आफ्नो बिहान बेलुकाको छाक टार्ने मजदुरहरुलाई नगरपालिकाले दुई तरिकाले राहत बिरतण गर्ने भएको छ ।

चार जना सम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल , एक लिटर तेल , एक पोका नुन , एक पिस साबुन दिने नगपालिकाले निर्णय गरेको छ ।
त्यस्तै चार जना भन्दा माथिको परिवारका लागि २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन उपलव्ध गराउने निर्णय गरेको छ । ।

नगरपालिकाले नगरका १ देखि १६ नम्वरका जनप्रतिनिधि र टोल बिकास मार्फत वडामा भएका मजदुरहरुको वास्तविक तथ्यांक संकलन गर्ने र जनप्रतिनिधि र प्रशासनको रोहवरमा राहत सामाग्री बाड्ने नगर प्रमुख नारायण वनले जानकारी दिनुभएको छ ।

साथै नगरपालिकाले कम मुल्यमा उपलव्ध गराउन सक्ने खाध्य सप्लायर्सहरुलाई आज मंगलवार वेलुका ५ वजे सम्म पेश गर्न समेत आग्रह गरेको छ ।