खैरहनी १२ र १३ मा डिसइन्फेक्सन छर्न सुरु, वन समितिवाट सावुन वितरण

0
103

चितवन १७ चैत । कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ । कोभिड–१९को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाईरहदा पुर्वी चितवनको खैरहनी नगरपालिकामा सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।

खैरहनी नगरपालिका वडा नम्वर १२ र १३ले आफ्नो वडा भित्र सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किएको छ । वडाले कोरोना रोकथामको लागि विभिन्न गतिविधि सञ्चालन गरेको १३का वडा सदस्य जीवन कार्कीले जानकारी दिनु भएको छ ।

यस्तै खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन समितिले आफ्ना २१ सय उपभोक्तालाई उपभोक्ताको घरघरमै पुगेर कोरोना वारे सचेतना फैलाउदै प्रति घर ५ ओटा सावुन र माक्स वितरण गरेको वनका उपाध्यक्ष सानोकाजी कुवरले जानकारी दिनु भएको छ ।