आज र भोलि थारु समुदायको आमहड्ताल

0
177

चितवन २० फागुन । थारु समुदाय पुन आन्दोलनमा उत्रिएको छ । बाँकेको कोहलपुरमा भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर थारु समुदायले पुन आन्दोलनको घोषणा गरेका छन ।

आन्दोलनका कार्यक्रम अनुसार फागुन २० र २१ गते दुई दिन थरुहट तराई भुगोलका सबै जिल्लाहरुमा आमहड्ताल र चक्काजामको घोषणा गरेको छ ।

चितवनमा भने वन्दको प्रभाव परेको छैन । चितवनमा अन्य दिनमा जस्तै यातायात ,उधोगधन्दा, कलकारखाना , शैक्षिक संस्था निर्वाध रुपमा सञ्चालनमा आएका छन् ।
जिल्लामा प्रदर्शनकारी नदेखिएको र वन्दको प्रभाव नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भएको छ ।