शहीद परिवारले हत्या भएको ४० वर्षपछि राहत पाउने

0
66

धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारले राहत पाउने भएका छन् ।
प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई यही फागुन सात गते प्रतिपरिवार पाँचलाख रुपैयाँका दरले राहत उपलब्ध गराउन लागेको हो ।
सम्बन्धित क्षेत्रमा पुगेरै राहत उपलब्ध गराइने धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले जानकारी दिए । पञ्चायती शासनको विरोध गर्र्दा तत्कालिन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लामा १६ जना स्थानीयको हत्या गरेको थियो ।
हत्या भएको करिब चार दशकपछि सरकारले २०७४ पुसमा उनीहरुलाई शहीद घोषणा गरेको थियो ।
यस्तै गत कात्तिक २९ गते भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले केही दिनमै शहीद परिवारलाई ५(५ लाख रुपैयाँ राहत उपलब्ध गर्ने घोषणा गरेका थिए ।