सन्राइज बैंकको गवैमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

0
127

रत्ननगर २८ माघ । सन्राइज बैंक लिमिटेडले खैरहनी नगरपालिका १३ गवैमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
मंगलवार एक कार्यक्रमका विच शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । शाखारहित बैंकिङ्ग सेवा विस्तार कार्यक्रमकी प्रमुख अतिथि खैरहनी नगरपालिकाकी उप प्रमुख सुनिता थपलिया रहनु भएको थियो ।


थपलियाले गाँउगाँउमा बैंकको शाखा विस्तार हुनु राम्रो भएको वताउदै त्यसवाट ग्राहकले पाउने सुविधामा पनि वैंकहरुल ध्यान दिनु पर्नेमा जोडदिनु भएको छ । बैंकहरु नाफा कमाउन मात्रै नभएर सेवा मुखि हुनु पर्ने उप प्रमुख थपलियाले वताइन ।


बैंकको हाल ८ अर्व १५ करोड ५ लाख भन्दा वढी चुक्ता पुजी रहेको वैंकका प्रधान कार्यलयका प्रबन्धक देवचन्द्र भट्टले वताए ।
उनका अनुसार बैंकको ८५ अर्व भन्दा माथि निक्षेपर ७९ अर्व भन्दा वढी कर्जा रहेको प्रबन्धक भट्टले जानकारी दिए ।


कार्यक्रममा खैरहनी नगरपालिका १३ मा वडा अध्यक्ष वालकुमार उप्रेती, साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेज वहादुर वर्तौला, समाजसेवि हिरा वहादुर गुरुङ, सन्राइज बैंक टाँडी शाखा प्रमुख क्याविरध्वज अधिकारी लगायतले वोल्नु भएको थियो ।