पुर्वी चितवनका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

0
447

रत्ननगर ८ माघ । पुर्वी चितवनका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विधुत प्राधिकरण रत्ननगर वितरण केन्द्र अन्तर्गत रहेका क्षेत्रमा विधुत आपुर्ती वन्द हुने वितरण केन्द्रले एक सुचना जारीगरि जानकारी गराएको छ ।
टाँडी वितरण केन्द्र अन्तर्गतको ३३.११ के.भी. पर्सा सव—स्टेशन ६.८ एम.भि.ए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धिकरण कार्य गर्नु पर्ने भएकोले माघ ८ गते देखि १३ गते सम्म विधुत आपुर्ती वन्द रहने वितरण केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिए ।
वितरण केन्द्र अन्र्तगत चैनपुर र खैरहनी फिडर अन्र्तगत माघ ८ गते देखि १० गते सम्म दैनिक विहान ६ वजे देखि वेलुका ६ वजे सम्म दैनिक १२ घण्टा विधुत आपुर्ती वन्द हुने छ । त्यस्तै टाँडी र पर्सा फिडर अन्तर्गत ११ गते देखि १३ गते सम्म विहान ६ वने देखि वेलुका ६ वजे सम्म विधुत आपुर्ती वन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ ।