राप्तीका इन्चार्ज स्याङबोलाई पितृशोक

0
91

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगरपालिका इन्चार्ज मान बहादुर स्याङबोलाई पितृशोक परेको छ ।स्याङबोका बुवा खड्ग बहादुर स्याङबोको ८३ वर्षको उमेरमा मंगलबार दिउँसो निधन भएको हो। लामो समयदेखि अश्वस्थ रहेका उनको राप्ती नगरपालिका १ स्थित निवासमै निधन भएको नेकपा राप्ती १ का अध्यक्ष बिमलकान्त डल्लाकोटीले जानकारी दिए ।दिवंगत स्याङबोको ६ जना छोरासहित ८ सन्तान रहेका छन्।