प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा स्विचु थिचेर एकीकृत चेक पोस्टको उद्घाटन

0
25

मोरङ । प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट ९आईसीपी० को मङ्गलबार उद्घाटन भएको छ ।
नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । आज बिहान ११ बजेको समयमा भिडियो कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले ुस्वीच अनु गरेर आईसीपीको उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको उद्घाटन गर्नु भएको हो । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो । साथै मोदीले दुई देशबीचको सम्बन्धको आयामलाई कायम राख्नु पर्ने बताए ।सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भने भएन ।
आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।
नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् ।