नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दुको उद्दघाटन आज

0
97

काठमाडौ ७ माघ । मोरङको बुद्धनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) भोलिबाट सञ्चालनमा आउने भएको छ । भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तर गरेपछि भोलिबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
आईसीपीको निर्माण पूरा भएकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत भोलि संयुक्त रूपमा उद्दाटन गर्ने तयारी छ ।
उद्दाटन लगत्तै नेपाललाई हस्तान्तरण भएको आईसीपी सञ्चालननमा ल्याइने उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ ।
नेपालतर्फ आठ सय ५० मिटर लम्बाई र पाँच सय मिटर चौडाइमा फैलिएको आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । यसमध्ये ४० विघामा चार हजार तीनसय २० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिएको छ । निर्माण कार्य सन् २०१७ फेब्रअरी एकदेखि सुरु भएको थियो ।
दुइ वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो । भरतीय पक्षले यसअघि गत भदौ १५ गते नै आईसीपी नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो । यद्यपि, विद्युत् जडानलगायतका काम थाती रहेपछि मिति पर सरेको थियो ।