मिटरब्याज प्रकरणमा सर्लाहीबाट रामबाबु राय यादव पक्राउ

0
37

सर्लाही २३ पुस । सर्लाही सितापुरका रामबाबु राय यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको जनाएको छ । मिटर ब्याजमा ऋण लगानी गरेर धेरैलाई उठीबास लगाएको आरोपमा यादवलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

चर्को ब्याज लगाउनुको साथै जग्गा बन्धकमा राखेर उठीबास लगाएको भन्दै यादवविरुद्ध उजुरी परेको थियो । मिटर ब्याजका कारण दुःख दिएको आरोप लागेका सर्लाही ब्रम्ह्पुरीका संजय गुप्ता भने फरार रहेका डिएसपी राठोरले बताउनुभयो । पक्राउ परेका यादव राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समेत हुन ।