न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

0
34

काठमाडौ । सर्वोच्च अदालतले उच्च अदालतका १५ न्यायाधीश नियुक्ति सिफारिसविरुद्ध परेको निवेदन दर्ता गर्न आदेश दिएको छ ।
अधिवक्ता श्याम मास्केले दिएको निवेदन अस्वीकार गर्ने प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको हो । मास्केको निवेदन दर्ता हुन नसक्ने भनी रजिष्ट्रार नारायण पन्थीले दरपीठको आदेश गरेका थिए ।
आदेशविरुद्धको निवेदन सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । मास्केले गत मंसीर ४ गतेको परिषद्को निर्णय कानून विपरित भएको दाबी गर्दै निवेदन दिएका थिए ।