सातौँ खिचरा महोत्सवको, पुस २७ देखिसुर हुने

0
140

२३ मंसिर सोमबार। आउँदो पुस अन्तिम साता देखि सुरु हुने भएको छ । थारु समुदायको महान् चाड ‘खिचरा’ ९माघे संक्रान्ति० को अवसरमा प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आइरहेको छ । यस वर्षको सातौं संस्करण पुस २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं। ७ का अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । संयोजक चौधरीले महोत्सवलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरि सकेको जानकारी दिए ।
अहिले महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवलाई फरक खालको बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ । महोत्सव खैरहनी नगरपालिका–५ गौचरनमा हुनेछ । महोत्सवमा विभिन्न व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारु जातिको साँस्कृतिक घर राख्ने गरिएको छ ।
यस्तै महोत्सवमा साँस्कृतिक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने गरिएको छ । यसपटकको महोत्सवमा पनि चर्चित कलाकारहरुको साथै थारु सँस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।