राप्ती ४ मा नेकपाको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण

0
46

राप्ती : नेपाल कम्युनिष्ट पार्टि नेकपाको वडा कमिटिको आयोजनामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगरपालिकाको वडा नं. ४ वडा कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टिभित्र कुनै प्रकारको पुर्वाग्रह नराखी कमजोरी औल्याएर अघि बढ्नुपर्ने बताए ।

उपनिर्वाचनमा केहि स्थानमा ब्यहोरेको हारबाट पार्टिले पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाई छ । पार्टिभित्र मलाई नै चाहियो भन्ने प्रवृत्ति बढेको भन्दै उनले यसलाई बदलेर पार्टिलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण खनाल, प्रदेश नं. ३ मुख्यमन्त्रीका राजनितिक सल्लाहकार जेएन थपलिया, जिल्ला कमिटि सदस्य तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा, जिल्ला कमिटि सदस्यहरु मान बहादुर स्याङबो, घनश्याम कँडेल, अमर बहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।

वडा नं. ४ का निर्वाचित अध्यक्ष समेत रहेका वडा कमिटिका अध्यक्ष शमशेर लामाले वडाको गतिविधि पार्टिका नेताहरुसमक्ष जानकारी गराएका थिए । उनले नगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको असहयोगका कारण वडाको कयौ योजना सफल हुन नसकेको बताए ।

निर्णय कार्यन्वयनको क्रममा नगरको जिम्मेवार ब्यक्तिबाट अवरोध हुने गरेको भन्दै उनले आपत्ति जनाए । नेकपा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रशिक्षण कार्यक्रम वडा कमिटिका सचिव सुधिर गौतमले सञ्चालन गरेका थिए ।