प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्दै

0
31

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्दैछ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् ।
१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चार दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका छन् ।
मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए ।