रविन र सम्झना भण्डारीको पञ्चेबाजाको गीत हुनेवाली बुहारी सार्वजनिक (भिडियो सहित)

0
586

चितवन । चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डारीको नयाँ पञ्चेबाजाको गीत हुनेवाली बुहारी सार्वजनिक भएको छ।
माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ। हुनेवाली बुहारी गीतमा रविन लामिछाने कै लय ,शब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवसायी नविन नेपालको निर्माणमा तयार भएको छ ।

बिश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ।
बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले खिचेका हुन। राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो।