खैरहनीमा काग्रेँस प्रवेशको लहर, जनताको चाहना र मर्म विपरित सरकार : प्रवक्ता शर्मा

0
53

चितवन । उपनिर्वाचनसगैँ चितवनमा नेपाली कांग्रेस प्रवेश लहर नै चलेको छ । तत्कालीन माआवादीका वडा सदस्यका उम्मेदवार सहित ४८ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली काग्रेँस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । खैरहनीमा भएको उपनिर्वाचनको चुनावीसभामा प्रवेश गर्नेृहरुले जय नेपाल भन्दै मुलुकलाई निकास दिने पार्टी काग्रेँस मात्र भएको भन्दै काग्रेँसमा समाहित भएको बताएका थिए ।
प्रवेश गर्नेहरुलाई नेपाली काग्रेँसका नेता तथा पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा र पार्टी सभापति श्रेष्ठसहितले टिका लगाउदै प्रवेश गराएका थिए । सो अवसरमा बोल्दै नेता शर्माले वर्तमान सरकार जनताको चाहना र मर्म विपरित चल्न खोजेको आरोप लगाए।
उनले वर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको बताए । खैरहनी नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको लागि हुने उप निर्वाचनको कार्यक्रम मार्फत प्रवक्ता शर्माले शान्ति सुरक्षादेखि जतताको चुलो बाल्ने कुरामा सरकार गम्भीर नभएको उल्लेख गरे।

उनले सरकारले पटक–पटक जनतालाई झुक्याउनेदेखि लिएर जनमतको अपमान गर्दै आएको भन्दै अब जनमतलाई नेपाली कांग्रेसले मात्रै कदर गर्न सक्ने बताए ।खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेद्धार देव बहादुर बस्नेतको पक्षमा मत माग्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु डीना उपाध्याय, सरिता प्रसाई, शेषनाथ अधिकारी, नेपाली कांग्रेसका पार्टी सभापति जीतनारायण श्रेष्ठ लगाएका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
आज शुक्रबार भएको आम सभा कार्यक्रममा अन्य पार्टी परित्याग गरी ५० भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्धारा बस्नेतले वडाको बिकशमा कृषि सडकदेखि आय आर्जनका लागि दिर्घकालीन योजना अगाडि बढाएर काम गर्ने बताए ।

उनले आफू कार्यबाहक वडा अध्यक्षको रुपमा काम गरिसकेकोले जनताको भावना अनुसार काम गर्न सक्ने बताए ।आगामी मंसिर १४ मा हुने उप निर्वाचनका लागि चितवनका तीन वटा वडामा वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका १६, खैरहनी ४ र ५ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपाको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।