क्लिन चितवन बनाउन विद्यार्थीलाई पढाउँदै चितवन प्रहरी

0
23

चितवन । अप्रेशन क्लिन अभियानका कारण सफल बनेको चितवन प्रहरीले यतिवेला जिल्लामा नयाँ कार्यक्रम सुरु गरेको छ । जिल्लालाई शान्त, सुरक्षित र भयरहित जिल्लाको रुपमा स्थापित गराउन विद्यार्थीबाट गरिने अभियान प्रभावकारी देखेर विद्यार्थी पठाउने अभियान तीव्र पारेको हो । अप्रेशन क्लिन चितवन अभियानकै कारण विशेष सुरक्षासहित चाडवार्डमा चितवन प्रहरीकै कारण कुनै अप्रिय घटना हुन पाएको थिएन् । सोही कारण जिल्ला सुरक्षा समितिले चितवन प्रहरीलाई ५ बर्ष यता पहिलो पटक धन्यवाद ज्ञापन समेत लिखित रुपमै लेखेको थियो । प्रहरी प्रमुख सवेन्द्र खनालको सामुदायिक प्रहरी साझेदारी अभियान मुलुकभर नै प्रभावकारी बनिरहेको वेला चितवनमा पनि आफ्नै गाउँटोललाई शान्त र सुरक्षित राख्न विद्यार्थीहरुको भूमिका महत्वपूर्ण देखेर पढाउने अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एपसी दानबहादु मल्लले जानकारी दिए ।
चितवन प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा साइबर अपराध, मानव बेचबिखन, महिला हिंसा र सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। पछिल्लो समयका युवायुवतीमा बढ्दो साइबर अपराध, लागू औषध सेवनलगायतका विभिन्न समस्या देखिन थालेपछि त्यसलाई न्यूनीकरण गर्नका विद्यार्थीमाझ यो कार्यक्रम संचालन गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोईरालाले बताए। जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्षित गरी सो अभियान थालिएको उनले बताए ।
विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म र्पुयाउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा पुगेर प्रहरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो। यसैक्रममा शुक्रबार भरतपुर महानगरपालिका वडा नं. ०९ स्थित गुरुकुल माविको सभाहलमा शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु समेत गरी करिब १ सय २५ जनालाई प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले प्रशिक्ष्ण दिएका थिए । सो अवसरमा लागुऔषध र साईबरबाट आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने तथा लागुऔषधको सेवन र यसबाट पर्ने असर तथा अभिभावकको दायित्व विषयक र साईबरको प्रयोग यसबाट हुने बिकृती, बच्ने उपायहरु तथा बालबालिकाहरुको अनलाईनको प्रयोग माथी अभिभावकको निग्रानी तथा स्वयं सुरक्षित कसरी हुने भन्ने सम्बन्धमा विशेष प्रशिक्षित गराईएको थियो ।
जिल्लाका विभिन्न स्थानीय तहका विद्यालय गई साइबर अपराध, महिला हिंसा, लागुऔषध, मानव बेचबिखन र सडक सुरक्षासँगै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्य गरिएको कोईरालाले जानकारी दिए। प्रहरीले सिकाएका विषय विद्यार्थीमा गहिरो छाप पर्ने उनले बताए। प्रहरीले सिकाएका विषय विद्यार्थीले विद्यालय, परिवार र समुदायमा सहजै लागू गर्ने उनको ठम्याइ छ।