टेकमाईण्डस नेटवर्कको लक्कीड्रमा ८ जनाले पाए पुरस्कार, प्रथम पुरस्कार सुर्यपुरककी जमुना जैशीलाई

0
109

बिपिन शर्मा आचार्य

चितवन । टेकमाईण्डस नेटवर्कको लक्की ड्रमा ८ जनाले पुरस्कार पाएका छन् । रत्ननगरमा शाखा कार्यालय रहेको ईन्टरनेट प्रोभाईडर कम्पनि टेकमाईण्डस नेटवर्कले वर्ष भरिको नेटको बिल अग्रिम तिरी लक्कि ड्रमा सहभागी बन्न पाउने नियममा परेका करिब २१९ जनालाई आधार मानेर दशै तिहार लक्कि ड्र गरेर बिजेता घोषणा गरेको हो । जसमा प्रथम हुने १ जनालाई ३२ ईन्चको डिजिटल टेलिभिजन, द्धितीय १ जनालाई माईक्रो ओभन, तृतीय हुने १ जनालाई राईस कुकर तथा सान्त्वना हुने ५ जनालाई भित्तेघडी उपाहार राखिएको टेकमाईण्डस नेटवर्कका रत्ननगर प्रमुख एमन भुषालले जानकारी दिए ।

लक्किड्रमा प्रथम पुरस्कारको लागि टेकमाईण्ड नेटवर्क रत्ननगर शाखाकी सञ्चालीका दिक्षा अधिकारी भुषालले गोला थुतेकी थिईन जसमा प्रथम पुरस्कार कालिका नगरपालीका, सुर्यपुर बस्ने जमुना जैशीलाई परेको थियो । उनले ३२ ईन्चको डिजिटल टेलिभिजन जितीन ।


द्धितीय पुरस्कारको लक्कि ड्र भने नेपालीको आवाज डटकमका अध्यक्ष तथा पत्रकार महेश पाण्डेले थुतेका थिए । जसबाट कालिका निवासी छत्र बहादुर श्रेष्ठलाई पुरस्कार परेको थियो । उनले माईक्रो ओभन प्राप्त गरे ।

तृतीय पुरस्कारको लागि भने नेपालीको आवाज डटकमका निर्देशक तथा ब्यवस्थापक समेत रहेका ध्रुवराज लामिछानेले गोला थुतेका थिए जसमा रत्ननगर–७ कि बानुमाया मगरको नाम परेको थियो । जसले राईस कुकर जितिन ।


कार्यक्रममा टेकमाईण्ड नेटवर्कका प्रयोग कर्ता दामोदर पौडेलले सान्त्वना हुने ५ जनाको गोला थुतेका थिए । उनले थुतेको गोलामा ५ वटा नाम अर्थात क्रमशः रामु सापकोटा (सुर्तनी), दुर्गा दत्त खरेल (पीपरा), अश्मिन नेपाल (राप्ति), मोनिका रोक्का (टांडी), खुन प्रसाद पाठक रहेका थिए । ५ जनाले भित्ते घडी जितेका थिए ।


टेकमाईण्डस नेटवर्क रत्ननगर शाखाले आयोजना गरेको कार्यक्रममा शाखा प्रमुख एमन भुषालले टेकमाईण्डस नेटवर्क देशकै महत्वपुर्ण नेट प्रोभाईडर भैसकेकोले अब छिट्टै प्रभु टिभीको सहकार्यमा आईपी टिभी सञ्चालन हुने बताए ।

उनले आगामी दिनमा पनि ग्राहक वर्गको लागि यस्तै बिभिन्न योजनाहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।