सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्त, को–कहाँ ?

0
55

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातओटै प्रदेशमा सोमबार प्रदेशप्रमुख नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेशप्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३ मा विष्णुप्रसाद प्रसाइँ, गन्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशप्रमुखमा सर्मीलाकुमारी पन्त रहेका छन् ।

नवनियुक्त प्रदेशप्रमुखहरुको शपथग्रहण मंगलबार हुनसक्ने बुझिएको छ ।

यसअघिका प्रदेशप्रमुखहरुलाई आइतबार पदमुक्त गरिएपछि नयाँ प्रदेशप्रमुखहरु नियुक्त गरिएको हो ।