बाल्टिनकाे पानीमा डुबेर बालिकाको मुत्यु

0
47

चितवन १९ कार्तिक / पुर्वी चितवनमा बाल्टिनकाे पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । राप्ती नगरपालिका ३ का बिशुलाल लोप्चनकी १ बर्षिय छोरी सोनिया लोप्चनको आज (सोमबार) साँझ आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा डुIबेर ज्यान गएको हो । बाल्टिनमा रहेको पानीमा डुबेकी सोनियालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । तर उनको उपचारको क्रममा मृत्‍यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।