रत्ननगरमा नेकपाको वडा कमिटिहरुको संयुक्त सपथ ग्रहण

0
132

रत्ननगर १६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला समिति चितवनको आयोजनामा रत्नननगर नगरपालिकाका १ देखि १६ नम्वर वडा कमिटिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम रत्ननगरमा शुक्रवार सम्पनन भएको छ ।
नेकपा चितवनको आयोजनामा शुक्रवार आयोजित एक समारोहका विच नव गठित २९ सदस्य वडा कमिटिका पदाधिकारीहरुलाई संयक्तरुपमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समितिका सदस्य तथा प्रतिनिधि सभाका सदस्य सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला समिति चितवनका ईन्चाज एवं प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, सह ईन्चाज इश्वरी प्रसाद भटराई, जिल्ला अध्यक्ष यम बहादुर परियार,सचिव कृष्ण भक्त पोख्रेल, प्रदेश कमिटि सचिवालय सदस्य जे एन थपलिया , प्रदश सभा सदस्य कन्चन खनाल , जिल्ला कार्यलय सदस्य दिपक शाही,हुप्ताराज पन्त राजु अमगाई लगायतले वोल्नु भएको थियो ।