‘बिर बहादुर दङ्ग पर्छ’ को आईटम गीत सार्बजनिक (भिडियो सहित)

0
51

कार्तिक ११ – चलचित्र ‘बिर बहादुर दङ्ग पर्छ’ को आइटम गीत सार्बजनिक गरिएको । आईतबार सार्बजनिक गरिएको ‘कान्छी माया’ बोलको गीतमा सुर्य राई कुमालको र उषा मलहा को स्वर रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन । प्रस्तुत आइटम गीतमा नायिका तथा मोडल रेश्मा सुबेदीले चलचित्रका कलाकार संग कम्मर मर्काएकी छिन । गीतको कोरियोग्राफ किशोर चौधरीले गरेका हुन् ।

त्रिविक्रम सिंह राना र बिजे शर्माले संयुक्त रुपमा निर्माण गरेको चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् भने बसन्त शर्मा प्रस्तुतकर्ताको रुपमा रहेका छन् । चलचित्रमा शितल केसी, प्रविन एन.बि, बिक्रम क्षेत्री, सपना क्षेत्रि, बिपना चौलागाई, त्रिबिक्रम सिह राना,मुस्कान काप्री, कृष्ण बस्ताकोटी लगायतको अभिनय रहेको छ ।एबि फिल्मस् प्रोड्क्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘बिर बहादुर दङ्ग पर्छ’ मा निर्देशक न्यौपानेको कथा रहेको छ ।