किसानको समस्या वुझ्न कृषि मन्त्री लामा पुगे माछा पोखरी

0
8

कार्तिक १० गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पूर्वी चितवनमा व्यवसायिक रुपमा गरिएको माछापालनको स्थलगत अवलोकन गरेका छन् । तिहार मनाउन घर आएका वेला मन्त्री लामाले आईतवार राप्ती र खैरहनी नगरपालिकाको विभिन्न क्षेत्रमा पुगी माछा पोखरीको अवलोकन गरेका हुन् । मन्त्री लामा मत्स्य व्यवसायी संघ चितवनका प्रतिनिधीहरुसंग किसानको पोखरी पोखरी पुगेका थिए । मत्स्य व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रमेश पाण्डे,वर्तमान कार्यसमिति सदस्यहरु मंजिव क्षेत्री,हरिनारायण थपलियासहित मन्त्री लामाले माछा पोखरीको अवस्था,किसानको समस्या वुझ्ने काम गरे ।प्रत्यक्ष रुपमा पोखरीमै नपुगी समस्या थाहा नहुने भएकाले आफु पोखरी पोखरी अवलोकन तथा समस्या संकलन गर्दै हिडेको कृषि मन्त्री लामाले वताए । माछापालक किसानहरुले मन्त्री लामालाई पोखरी मर्मतमा अनुदान,यान्त्रिकरणमा अनुदान र विद्युत महसुलमा सहुलियत गराउन माग गरे । विद्युत महसुल सहुलियतका लागि केन्द्र सरकार समक्ष पहल गर्नु पर्ने तर पोखरी मर्मत र यान्त्रीकरणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री लामाले वताए । माछा पोखरीसंगै केरा वगानको समेत मन्त्री लामाले निरीक्षण गरेका थिए । आईतवार करिव १ दर्जन किसानको पोखरी पुगेका मन्त्री लामाले सोमवार पनि पूर्वी चितवन र पश्चिम चितवनको माछा पोखरीहरुको निरीक्षण कार्यक्रम रहेको छ । चितवनमा २ हजार ७३ भन्दा वढि किसान मत्स्य व्यवसायी संघमा आवद्ध छन् । पूर्वी चितवनमा मात्रै ७ सय ८० भन्दा वढि किसानहरु व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । त्यस मध्ये पनि सवैभन्दा वढि खैरहनी र राप्ती नगरपालिकामा माछापालन गरिदै आएको छ ।