एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

0
184

रत्ननगर । नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीलाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग प्राप्त भएको छ । विदेशी नागरिक रोबर्ट डण्कनले उपशाखा बछौलीलाई १० हजार युरो सहयोग गरेका छन्। आज एम्बुलेन्स खरिदको लागि आर्थिक सहयोग गर्ने रोबर्ट डण्कनलाई सम्मान समेत गरिएको छ । उपशाखाका निर्वतमान सभापति राममणि खनाल र सौराहाका सफल व्यवसायी ज्ञानेन्द्रकुमार विष्टको पहलमा रोबर्ट डण्कनले रेडक्रसलाई आर्थिक सहयोग गरेको उपशाखाका कोषध्यक्ष दीपेन्द्र श्रेष्ठले वताए। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रम उपशाखाका सभापति सुवास विडारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।