ह्याप्पी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्र “लोग्नेको माया ” सार्बजनिक

0
51
रत्ननगर १० कार्तिक। मदन पुरस्कार बिजेता रामलाल जोशीको कथा “लोग्नेको माया” मा तयार भएको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक भएको छ । ह्याप्पी मिडियाको यु-ट्युब च्यानलमा अपलोड भएको सो चलचित्र यौन मनोविज्ञानमा आधारित छ । चितवनको गोलाघाट र रत्ननगरमा छायांकन भएको सो छोटो चलचित्र लाई मदन अछामीले खिचेका हुन् । ह्याप्पी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा रामु आचार्य, एलिना बर्देवा, टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योति लामा लगाएतको अभिनय रहेको छ । सुयश आचार्य निर्माता रहेको छोटो चलचित्रमा प्रस्तुतकर्ता गोपाल गुरुङ छन् भने सम्पादन तथा निर्देशन रामु आचार्यको रहेको छ ।