रामेको दशै (लघुकथा)

0
141

लेखक:-प्रकाश गिरि
हाल अमेरिका

रामे (एउटा काल्पनिक पात्र) एउटा गरिब परिवारमा हुर्केको हो।उसको परिवारमा उसको बाबा आमा हुनुन्छ भने उसकी 3 ओटि दिदिको पहिल्यै बिहे भैसकेको छ। रामे साथिभाइहरु सङ्ग घुलमिल गर्न धेरै रुचाउथ्यो। एउटा गरिब किशानको छोरा भएपनी रामेले साथिहरु भने प्रसस्त बनाएको थियो। रामेको अरु दिनचर्या राम्ररी बितेपनी चाडपर्व खासगरी दशै भने उसको प्राय खल्लो नै हुने गर्दथ्यो। दशै नजिकिदै गर्दा रामेको गाउमा वैदेशिक रोजगार को क्रममा बिदेश गएकाहरु देखि लिएर शहरमा पढ्न, ब्यापार ब्यबसाय गर्न अनि जागिर को सिलसिलामा गएकाहरुको दशै मान्न गाउँ फर्किने क्रम बढ्दो थियो। त्यसै पनि दशैमा सहर भन्दा बढी रमाइलो गाउमै हुने गर्दछ। देश बिदेश मा बर्षौ देखि टाढिएर बसेका साथिहरुको भेट पनि दशैमा हुने गर्दछ। जुन माहोल रामेको गाउमा पनि देखिएको थियो। बिजयादशमिको पहिलो दिन घटनास्थापना सुरु भैसकेको हुनाले रामेको स्कुल पनि बिदा भैसकेको थियो। त्यही दिन बिहान गाउमा पिङ् हाल्ने कुरा थियो। रामे पनि साथिहरु सङै धेरै थोरै आफुले सकेको सघाउन रामे पिङ हाल्ने ठाउमा गयो अनि सबैजना मिलेर पिङ हाले अनि आआफ्नो घर फर्किय रामे पनि साथिहरु सङ्गै फर्किदै थियो। घर फर्किने क्रममै रामेको रामेको साथिहरुको घरमा खसी काट्दै गरेको दृश्य रामेले देखिरहेको थियो। उसका केही साथिहरुले उसलाइ ” आज त तेरा बा ले पनि घरमा खसी काट्दै होलान नि ” भन्दै थिए त केहिले “यसको बा सङ्ग जाबो एउटा कुखुरा किन्ने पैसा त छैन होला खसी कहाँ बाट ल्याएर काटोस बरा” भन्दै जिस्काउदै थिए। त्यसै क्रममा रामे घर पुग्यो उसलाइ लागेको थियो घरमा पक्कै पनि बाबा ले खसी काट्दै हुनुन्छ होला भनेर तर घरमा सुनसान नै थियो। तैपनी रामेको आशा मोरेको थिएन कतै बाट ल्यएर भए पनि खसिको मासु त पक्कै पकाउदै होलान भनेर। त्यत्तिकैमा आमाले उसलाइ खाना खान बोलाउनु अनि उ हतारिदै खाना खान गयो तर खानामा उसले सोचे बिपरित खसीको मासु नभएर घिरौलाको तरकारी थियो। भर्खए १५ बर्ष पुगेको रामेलाइ के थाहा बिचरा बाबुको केही उपाए छैन भनी। सामन्य खेती गर्ने रामेको बाबुलाइ परिवार पाल्न पनि धौधौ थियो त्यसमाथी रामेकी दुई ओटि दिदिको बिहे गर्दा पहिल्यनै रिन लागिसकेको थियो। आधा किलो मासु किन्ने पनि रामेको बाबू सङ्ग उपाए थिएन। मासु नभएपछी “साथिहरुको घरमा चै सिङ्गै खसी ढलाएर दशै मान्दै छन हाम्रोमा भने जाबो १ छाक पनि छैन मासु नभै त म खानै खान्न” भन्दै रामे झगडा गर्न थाल्यो। बाबुले भरे बेलुका जहाँ बाट भएनी ल्याएर खुवाउछु भनेपछी बल्ल रामेले खाना खायो। अब भने रामेको बाबुलाइ गार्हो पर्यो किनकी गाउमा कतै नजिकै मासु पशल पनि छैन अनि गाउमा प्रायले सिङ्गो खसी एउटै परिवारले मात्र खान्छ्न त कोहि एउटा खसी २ भाग सम्म लगाउछ्न रामेको बुबाको लागि यो धेरै महङो हो। अब छोराको मासु खाने इच्छा कसरी पूरा गर्दिने होला भनेर सोच्दै थिय त्यतिकैमा उनी जस्तै उनका एक छिमेकिले पारी गाउमा एउटा खसी काटेर १० भाग लगाउदै छन लिन जाम भनेपछी उनी त्यतै तर्फ लागे। तर त्यहा पनि १ भाग लाई २००० पर्ने भएपछी त्यही १० भाग को १ भाग उधारो किनेर रामेका बाबू अनि उनका छिमेकी ले आधा आधा बाडे।

अनि रामेको बाबुले त्यो दिन बल्ल तल्ल छोराको मासु खाने सपना पूरा गरिदिए त्यतिकैमा त्यो दिन बित्यो। अर्को दिन बिहान रामे साथिहरु सङ्ग पिङ खेल्न गयो त्यसै क्रममा सथिहरु बिच गफ चल्दै थियो दसैको सपिङ गर्न जाने बारेमा। रामेलाइ उसका साथिहरु “दशैको सपिङ गर्ने बेला भयो जाने होइन ??? हामिले त घरमा पैसा मागिसक्यौ तैले पनि माग अनि भोलि सङ्गै जाउला” भन्दै थिए रामेले पनि हुन्छ भन्यो अर्को दिन सपिङ गर्न जाने सबैको सल्लाह भयो अनि पिङ खेलेर सबै घर फर्किए। रामेले घर पुगेर आफ्नो बाबुलाइ अर्को दिन सपिङ गर्न साथिहरु सङ्ग जाने बारे सबै सुनाउ तर यता रामेको बाबू सङ्ग पैसा थिएन। उनले रामेलाइ सम्झाउदै भन्न थाले “हेर बाबू यसपाली पैसा छैन सपिङ अर्को पटक गरे पनि हुन्छ नि” भन्दै सम्झाउन थाले। तर रामे केटाकेटी मान्छे के मान्थ्यो “जाबो बर्ष दिनको १ पटक आउने चाडमा पनि सपिङ गर्न नदिने” भन्दै जिद्धी गर्न थाल्यो। छोराले जिद्धी गरेपछी रामेको बाबुले पनि सोचे “दशै पनि नजिकिदै छ छोराले पनि सपिङ गर्ने भनेर जिद्धी गरेको छ एसो कतै बाट रिन गरेर केही पैसा ल्याउन पाए दशैमा आउने पहुनालाइ पनि राम्रै सङ्ग उम्काउन हुन्थ्यो अनि छोराको इच्छा पनि पूरा हुने थियो “। कतै बाट खोजेर ल्याएर सपिङ गर्ने पैसा दिन्छु भनेर छोरालाइ शान्त पारेर रामेको बाबू रिन खोज्न निस्किए। त्यो दिन पनि बित्दै गयो रात परिसकेको थियो अबेर सम्म श्रीमान घर नफर्किए पछि रामेकि आमाको मनमा अनेक कुराहरु खेलिरहेका थिए भने रामेको मनमा बाबुले पैसा खोजेर ल्याएनन भने सपिङ गर्न जान नपाउने होकि भन्ने चिन्ता लागेको थियो। त्यतिकैमा त्यो रात बित्यो रामेका बाबू घरमा आएका थिएनन। उता रामेका साथिहरु तयार भएर रामेलाइ कुरिरहेका थिए भने यता रामे बाबुलाइ कुरिरहेको थियो। अबेर सम्म रामे नआएपछी रामेका साथीहरू उसलाई छोडेर गए। त्यो दिन बाबू घर नफर्किए पछि रामेको सपिङ गर्ने सपना अधुरै भयो। शाझ पख रामे पिङ खेल्न जाँदै थियो त्यसैक्रममा साथिहरु सपिङ सकेर फर्किदै गर्दा बाटोमा भेटिए अनि केहिले आठ हजार त केहिले दस हजारको सपिङ गरेको सुनाए। साथिहरुले त किन नगाको भनेर सोद्धा रामे निराश भयो केही जवाफ दिन सकेन अनि पिङ खेल्न हिडेको रामे निराश भएर घर तर्फ फर्कियो। उता घरमा पुग्दा पैसा खोज्न हिडेका बाबू घर फर्किसकेका रैछ्न रामेले पनि रिश को झोक बाबू सङ्ग “साथिहरु दशै को सपिङ गरेर नि आए तपाई पैसा खोज्न गाको मान्छे कहाँ हराको” भन्दै कराउन थल्यो। रामेको बाबुले पनि यता गाउमा रिन नपाएपछी पारी गाउमा गएर बल्ल तल्ल थोरै पैसा खोजेर ल्याएको सुनाए। त्यसपछि सपिङ गर्न पाउने आशमा रामेको अनुहार केही खुशी बड्यो। अर्को दिन रामेको बाबुले रामेलाइ लागेर एक जोर नया कपडा किनिदिए रामेको भने मन शान्त भएको थिएन तर रामेको बाबुले अर्को पटक किनिदिने भ नेर सम्झाउदै घए तिर लगे किनकि उनले बल्ल तल्ल बीस हजार जति रिन गरेर ल्याएका थिए त्यति उनलाइ दशै टार्नु थियो। छोरी ज्वाइँ लगाएत अन्य पाहुनाहरु उम्काउनु थियो। त्यसैक्रमा दिनहरु बित्दै गए दशै को दिन पनि आयो सबैको घरमा खसी ढलाउदै थिए भने यता रामेको घरमा भने कुनै सुरसार नै थिएन। टिकाको साहित नजिकिनै लागेको थियो रामेको बाबु अनि उनी जस्तै गाउका अन्य २/४ जना मिलेर एउटा खसी काटेर बाडे। टिकाको साइत भयो रामेले पनि बाबू आमाको हातबाट आशिर्वाद लिदै टिका जमरा लगायो। रामेका दिदिभिनाजु लगाएत अन्य आफन्तहरु पनि आएर आशिर्बाद सङगै टिका जमरा लगाएर फर्किए। यसरी नै जसो तसो रामेको दशै सकियो भने रामेको बाबुको थाप्लोमा फेरि अर्को रिन थपियो।

यो त एउटा हाम्रो समाजको प्रतिनिधि मुलक कथा मात्र हो ।रामेको बुबा जस्तै हजारौं बुबाहरु हाम्रो देशमा अझै पनि आफ्ना सन्तानको पेटमा छाक टार्नका निमित्त साइनाइट पोटासियम र रसाइनले दशै मनाउन बाध्य बनिरहेका छन ।चाडपर्ब को बिकृतिले गर्दा आफ्नो छोराछोरी को को इच्छा पूरा गर्न हजारौ रामेका बुबा हरु बर्सेनि रिनमा डुबेका छ्न भने लाखौ भन्दा बढी बिदेशिन बाध्य छन। आजकल त चाडपर्व पनि यति महँगो भाको छ कि नेपालमा सामान्य जागीर गर्ने मानिसलाइ २/३ महिनाको तलब ले पनि पुग्दैन।