विवादमा तानियो टाँडी क्याम्पसको सभा,स्थगित गर्न माग

0
10

रत्ननगर : रत्ननगरको शहिद स्मृति बहुमुखी क्याम्पसको भोली शनिवार आयोजना गरिएको क्याम्पस सभाप्रति नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले असहमति प्रकट गर्दैै स्थगित गर्न माग गरेको छ । नयाँ सञ्चालक समिति गठन गर्ने एक मात्र उद्देश्यका साथ क्याम्पस सभा आयोजना गरिएको हो । राजिमान दिएकी क्याम्पस प्रमुख राधा बालिकाले बोलाएको सभामा आफुहरु सहभागी नहुँने र त्यो सभा पूर्ण रुपमा अबैधानिक रहेको भन्दै स्थागित गर्न माग गरिएको हो । नेकपाबाट क्याम्पस सञ्चालक समितिमा रहेका बहुमत सदस्य तथा अनेरास्ववियुले क्याम्पस सभाप्रति असहमति जनाएका छन । क्याम्पस प्रमुख बालिकाले गत चैत १७ गते पदबाट राजिनामा दिएकी थिइन । सञ्चालक समितिका अध्यक्ष भरत खनालले क्याम्पस प्रमुखको राजिनामा स्विकृति नगरेपछि नेकपा र अन्य दल निकट क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु सम्मलित भदौं २४ गते बसेको बहुमतको बैठकले क्याम्पस प्रमुख वालिकाको राजिनामा स्विकृति गर्ने निर्णय गरेको थियो । उपाध्यक्ष दोर्ण लामिछाने सहितको बहुमत सञ्चालक समितिले गरेको निर्णय वेवास्था गरी बालिकाले क्याम्पस प्रमुख पद चलाइरहेको थिइन । हामीले क्याम्पस प्रमुखका राजिनामा स्विकृत गर्ने निर्णय गरिसकेका थियौं लामिछानेले भने वालिका पूर्ण रुपमा अबैधानिक क्याम्पस प्रमुख हुन । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले क्याम्पस सभा कुनैपनि हालतमा गर्न नदिन बताए । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अमृत ओस्तीले अबैधानिक क्याम्पस प्रमुखले बोलाएको क्याम्पस सभा खारेज हुनुपर्ने बताए । क्याम्पस प्रमुखले गरेको आर्थिक कारोवारमा अख्तियारले छानविन गरिरहेको छ उनले भने विवादमा तानिएकी प्रमुखले बोलाएको सभा कसरी बैधानिक हुन सक्छ । क्याम्पस सभा विदालमा परेपछि त्रिविबाट पनि सभा रोक्न निर्देशन भएको बुझिएको छ ।