रत्ननगर ९मा सरसफाई

0
72

 

रत्ननगर १७ असोज । रत्ननगर ९ मोहनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
स्थापना कालदेखिनै सरसफाईलाई विशेष ध्यान दिदै आएको सामाजिक संस्था मिलिजुली सहयोगी समुहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
वडा दशैको अवसर समेत पारेर नियमित सरसफाई अन्तर्गत कार्यक्रम सञ्चालन गरेको समुहका सचिव धनन्जय शर्माले वताएका छन् । शर्माका अनुसार जिल्लामा डेङ्गुको प्रकोप हुदा समेत आफ्नो क्षेत्रमा डेङ्गुको संक्रमण नहुनु पनि सरसफाईकै कारण भएको वताउदै सवै ठाउँ सरसफाई अभियान सञ्चालन गर्न सके यस्ता प्रकोपवाट पनि वच्न सहयोग पुग्ने वताउनु भएको छ ।