रत्ननगरमा पुर्वी चितवन ट्रेनिङ्ग सेन्टर सञ्चालन

0
34

रत्ननगर १६ असोज । चितवनको रत्ननगरमा विहिवारबाट पुर्वी चितवन ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।
एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले समुद्घाटन गर्नु भएको थियो । मेयर वनले युवा जनशक्तिले सञ्चालन गर्ने लागेको ट्रेनिङ्ग सेन्टरले प्रमाण पत्र मात्रै वितरण गर्ने नभई दक्ष जनशक्त उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।


कार्यक्रममा रत्ननगर ८का वडा अध्यक्ष विनोद वस्नेत , १०का अध्यक्ष केशव आचार्य, रत्ननगर जेसिजका अध्यक्ष सुवास पोख्रेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।


त्यस्तै सञ्चालक सुमन पौडेलले स्वागत मन्तव्य राख्नु भएको उमुद्घाटन समारोह सञ्चालक सुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।