चितवनमा पहिलो पटक १ करोड ३५ लाख रुपैयाँको लगानीमा १ २ ३ नाईट वर्ड क्लब सञ्चालनमा

0
100

राजेन्द्र/कोमलचन्द्र
चितवन स् चितवनमा पहिलो पटक १२३ नाईट वर्ड क्लब सञ्चालनमा आएको छ । पर्यटन बर्षलाई लक्षित गर्दै पूर्व तेह्रथुमदेखि चितवनमा आएका युवा व्यवसायीले प्रविन खड्काले जिल्लामा नै पहिलो पटक १२३ नाईट वर्ड क्लब सञ्चालनमा ल्याएका हुन् ।

भरतपुर लिलाचोक नारायणगढमा दिनभर काम व्यस्त हुने र रातमा रमाउने चाहाने आम सेवाग्राहीहरूको मागलाई ध्यानमा राख्दै डान्स बार सुरू गरेको खड्ले बताए ।
एकै ठाउमा डिस्को, लोकदोहोरी, आधुनिक म्युजिक र डान्स क्लबसहित १२३ नाईट क्लब सञ्चालनमा ल्याएको क्लबका सञ्चालक प्रविन खड्काले बताउछन् । एक समारोहका विच उवासघं चितवनका अध्यक्ष सहनलाल प्रधान गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष प्रधानले चितवनमा नयाँ नयाँ ब्यवसायहरू खुल्ने क्रममा जोखिम उठाएर नाईट क्लब सञ्चालन गर्नु ठुलो साहस भएको बताए। यस्तै होटल व्यवसाय सघ चितवनको आचारसहित सञ्चालन गर्न सुझाव संघकी अध्यक्ष शर्मीला न्यौपानेले बताईन् । ३५ जनालाई रोजगारी दिदै १ करोड ३५ लाखको लगानी क्लब सञ्चालनमा ल्याएको उनले बताए।
उनले सञ्चालन गरेको ३ तले क्लबको पहिलो तलमा सस्तो मुल्यमा सगीतको लिएर खाजा र खाना सकिने र दोश्रो दोहोहरी र तेश्रो तलमा डिजे डान्समा रमाउन सकिनेछ । भने डिस्कोमा प्रवेश गर्न भने ३ सय रुपैयाँको टिकट तोकिएको छ । साउण्ड पुरुप सिस्टममा क्लब सञ्चालन गरिएको उनले दावी छ । भने उनले आफ्नै देश र आफ्नै ठाउँमा रमाउन यो व्यवसाय सुरू गरेको बताए ।