सहकारी पैसा किनबेचमा मात्र सिमित हुनुहुदैन : उपमेयर दुवाडी

0
54

रत्ननगर ९ असोज । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सहकारीहरु पैसा किनबेचमा मात्र सिमित हुन नहुने तर्क गरेकी छन । रत्ननगर ५ मा रहेको झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभामा बोल्दै उनले सहकारीहरु पैसा किनबेच मान्दा माथी उठेर सामाजिक दायित्व निर्वाह गर्नु पर्ने बताइन ।

सम्म सहकारीले बचत र लगाानी गर्ने काम मात्र गरिरहेका छन उनले भनिन् अब सहकारीहरुले आर्थिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा पनि काम गर्नुपर्छ । उनले गरिब तथा विपन्न समुदायको जीवन स्तर उकास्ने काममा लगानी गर्न आग्रह गरिन । सहकारीले नाफा कमाउने तर्फ मात्र ध्यान केन्द्रित गर्न नहुने भन्दै उपमेयर दुवाडीले सामाजिक विकासको लागि पनि योगदान गर्नुपर्ने बताइन ।

भौगोलिक अबस्था र स्थानीय समुदायको आवश्यकतालाई मध्यजनर गरी सहकारीले योजना बनाउन पर्ने उनको सुझाब छ । कार्यक्रममा वडाध्यक्ष कृष्ण महतोले झुवानीमा महिलाहरुले सुरु गरेको सहकारीले ग्रामिण क्षेत्रको आर्थिक विकासमा योगदान गरेको भन्दै सहकारीको कारोवारलाई विपन्न समुदाय केन्द्रित गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सावित्री आचार्य पण्डितले प्रगति प्रीतवेदन,बजेट,नीति तथा कार्यक्रम,कोषाध्यक्ष शारदा महतोले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक जयन्ती रिजालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव आचार्य,मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका सचिव रोजनाथ पाठक,पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजता विष्ट लगायतको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्चना दुवाडीले स्वागत मन्तव्य राखेकी थिइन ।