रत्ननगरमा डेङ्गुको सङ्क्रमण नियन्त्रण नजिक, हाल सम्ममा १३७ मा सङ्क्रमण

0
41

विकास पौडेल
रत्ननगर ७ असोज । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका यति वेला ६१ जिल्लामा देखापरेको छ । यसै विच चितवनमा पनि डेङ्गुको सङ्क्रमणका फैलिएको छ । जिल्लामा डेङ्गुको सङ्क्रमणका नियन्त्रणका लागि विभिन्न प्रयासहरु भईरहेका छन् ।
डेङ्गु नियन्त्रणको प्रयास जिल्लामा भए पनि प्रभावकारी भने हुन सकेको छैन । तर रत्ननगर नगरपालिकामा यो अभियान केहि हद सम्म सफल भएको रत्ननगर नगरपालिकाका स्वास्थय शाखा प्रमुख ईन्द्रलाल न्यौपानेले वताएका छन् ।
न्यौपानेका अनुसार रत्ननगरमा असोज ७ गते सम्ममा जम्मा १३७ जनामा डेङ्गुको सङ्क्रमण भएको वताउनु भएको छ । उहाँका अनुसार रत्ननगरको १ ,२, १० र १३ नम्वर वडामा वढी डेङ्गुको सङ्क्रमण रहेकोे छ । न्यौपानेका अनुसार रत्ननगरमा श्रावण महिनामा ७ जना , भदौमा १२७ जना र असोज ७ गते सम्ममा ३ जना गरि हाल अहिले सम्ममा १३७ मा सङ्क्रमण देखिएको जानकारी दिनु भएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार डेङ्गुको सङ्क्रमणको संख्या निरन्तर घटेको कारण पनि नियन्त्रणको लागि भएको काम प्रभावकारी भएको उहाले वताउनु भएको छ ।
रत्ननगनगरमा डेङ्गु नियन्त्रणको लागि अहिले ग्यारे र वर्कसवबाट पुरानो टायरहरु संकलन गरिरहेको न्यौपानेले वताए ।
यस अभियानमा रत्ननगरका वडा कार्यालय, जनप्रतिनिधि , महिला स्वास्थ्य स्वयंम सेविका, आमा समुह , यूवा समुह , सामाजिक अभियान्ता , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहयोग रहेको न्यौपानेले वताएका छन् ।
न्यौपानेले नियन्त्रणको लागि मात्रै नभएर निवारणकै लागि अभियानलाई सञ्चालन गरेको वताउनु भएको छ । न्यौपानेले अहिले रत्ननगरमा म म भनेर अभियानै सञ्चालन गरिरहनु भएको छ । म म भन्नाले आफ्नो आफ्नो ठाउवाट आफै वाट सुरुगरौ भन्ने रहेको र यस अभियानमा सवै क्षेत्रवाट सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।