ट्रक र कार ठोक्किदाँ कावासोतीमा पाचँ जनाको मृत्यु

0
99

नवरपरासी ७ असोज । पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किदाँ पाचँ जनाको मृत्यु भएको छ ।
गएराति १०.१५ बजे खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं.को कार एक आपसमा ठक्कर जाँदा कारमा सवार पाचैँ जनाको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । उनीहरुको नाम , ठेगना खुल्न बाकीँ रहेको छ । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेको छ ।