पुडासैनी प्रकरणस् ३ जनाको बकपत्र सकियो, पत्रकार रवि लामिछाने र युवराज कँडेलको आज

0
91

चितवन ६ असोज । शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार तीनजनाको बकपत्र भएको छ । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार २० साक्षीको पत्र अदालतमा पठाइएकामा हिजो ३ जनाको मात्रै बकपत्र सकिएको छ । बाँकी वादी र प्रतिवादीका साक्षीको बकपत्र सोमबार आज हुने अदालतले जनाएको छ ।
यसैबीच पुडासैनी प्रकरणमा आरोपित न्यूज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतमा उपस्थित भएका थिय । जिल्ला अदालत चितवनले उनीहरुलाई असोज ५ का लागि उपस्थित हुन आदेश गरेको थियो । अदालतको आदेश अनुरुप रुकु भनिने अस्मिता कार्की पनि हिजो नै अदालतमा उपस्थित भएकी थिइन ।