आज राष्ट्रिय बाल दिवस, प्रधानमन्त्रीको शुभकामना

0
25

काठमाडौ । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ यो वर्ष राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेपछि प्रत्येक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउन थालिएको हो । दिवसको अवसरमा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले शुभकामना दिनुभएको छ । उहाँले संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा आत्मसात गरेको भन्दै संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको बताउनुभयो । सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बाल अधिकार र शिक्षाको विषयलाई महत्वपूर्ण अंगका रूपमा आत्मसात गरेको उल्लेख गर्नुभयो । निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको उहाँको भनाइ छ ।