जिल्लामा अहिले भईरहेको घटनाक्रमा प्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण ( बिज्ञप्ति सहित)

0
211

चितवन २ भदौ । नेपाली काँग्रेस चितवनले जिल्लामा अहिले भईरहेको घटनाक्रमा प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु पछि आम जनमानसमा भएको आशंकाका विषयमा प्रहरी प्रशासनलाई सुस्म अध्ययन गरि अघि वढ् आग्रह गरेको छ । नेपाली कांग्रेसको आज वसेको वैठक पछि आज जारी गरिएको विज्ञप्तिमा जनताको आशंका हटाउनका लागि जति सक्दो चाँडो अदालती प्रकृया अन्त्य गर्नु आवश्यक रहेको जनाईएको छ ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्धारा जारी विज्ञप्तीमा अहिले देखिएको दुविधा अन्त्य गर्दै अघि वढ्न जिल्ला प्रशासन कार्यालय चितवनलाई आग्रह गरिएको छ । काँग्रेसले अहिले चितवनमा भएको घटनाले आम जनमानसमा सरकार प्रति विश्वास गुम्दै गएको आरोप समेत लगाएको छ । जिल्लामा भएका विभिन्न शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गर्ने कार्य समेत रोक्न आग्रह गरेको छ ।
जनताको शान्तिपूर्ण आन्दोलन, सभा समारोह गर्न पाउने नागरिकको संवैधानिक अधिकारको हनन राज्य पक्षवाट गर्न नहुने विज्ञप्तिमा ठहर गरिएको छ । जनताका शान्तिपूर्ण आन्दोलनलाई दमन नगरी अनुसन्धानको प्रकृयालाई चाँडो भन्दा चाँढो टुङ्गोमा पुर्याई न्यायलयमा पेस गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।
विज्ञप्तिमा घटनाको वास्तिविक जानकारी आम जनमानसमा ल्याउन प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ “घटनाको वास्तविकता जानकारी नपाउँदा आम जनमानसमा दुविधा वढेको हो ।”आन्दोलन रत पक्षलाई समेत हिसाको वाटो नरोज्नका लागि विज्ञप्तिमा आग्रह गरिएको छ । निर्दोष नपरुन दोषि भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि वढ्न समेत आग्रह गरिएको थियो ।
यसै विच काँग्रेस चितवनको आजको वैठकले जिल्लावाट सिफारी भएका र केन्द्रवाट अनुमोदित फोरम लोकतान्त्रीकका क्रियाशिल सदस्यहरुको सदस्यतालाई अनुमोदन गरेको काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो । जोशिका अनुसार वैठकले प्रजातन्त्रका सेनानी काँग्रेस अग्रज पूर्णकान्त पोख्रेलको निधनले काँग्रेस चितवनलाई अतुलनिय क्षेती पुगेको भन्दै सोक प्रस्ताव समेत पारित गरेको छ । यस्तै सचिव जोशीले सर्वदलिय वैठकमा भएका निाणर््हरुलाई अतिरन्जीत गरिएको भन्दै त्यस प्रति आपत्ति समेत जनाउनु भयो ।