मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

0
169

असार /  प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको छ ।

बैठमा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएकाहरुका लागि विशेष निर्णय गर्ने बताइएको छ ।

बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको र आजको निर्णय आजै सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिनअघि देखि परेको अविरल वर्षाका कारण मुलुकभर ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने २५ जना घाइते छन् । ३३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।