बम डिस्पोज गर्ने क्रममा घाईते भएका सैनिकलाई काठमाडौँ पठाइयो

0
133

पोखरा ५ वैशाख । विप्लव नेतृत्वले गरेको नेपाल बन्दको अवस्थामा देशका विभिन्न स्थानमा शंकास्पद बस्तु तथा बम फेला परेका छन् । यसैबीच पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक जना सैनिक घाईते भएका थिए । प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर फालिएको डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक जवान धर्मबहादुर थापा घाईते भएका हुन् ।

उनको देब्रेहातको हत्केलामा क्षति भएको छ । उहाँको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here