प्रकाश सपुतको शम्भु राइलाई चिठी

0
41

आदरणीय शम्भु राई सर नमस्कार ।
आराम छु आराम चाहान्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्धीसिद्धी पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठामा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दैछु ।

तपईंलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – चिठी तिमीलाई लेखु भन्छु‘ बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु ।

करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उषा ब्राण्डको फ्यान घुमिरहेको छ ।

अलि–अलि शीतल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शीतल हुन चाहन्छु ।

यद्यपी हुन्छु कि नाई, थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुती दिएर फर्केको छु । यही नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुनः प्रस्तुती दिन आग्रह गर्नु भएको छ । कारण ‘गल्बन्दी’ क्रेज ।

कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगित पनि नेपाली विषय जस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने, १०० मा ३२ ।

मैले सोचेकै थिएन सर लोक गीत गाएर यति बिधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम–पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन ।

त्यसैले गति नै त छाडिएन तर अनेक ‘तिक्डम’ चै लगाएकै हो । एकबारको जुनीमा गाउँने इलम गरिसकेपछि २–४ जनाले चिनेनन भने के गाउँनु गाठे भन्ने आत्मबोध भैरहन्थ्यो ।

गीतै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भइन् । सपना ‘ज्यूको त्यू’ छ ।

भोक ज्युको त्यु छ भनेर निकै निरासामा गुज्रिरहेको थिए । कसो–कसो दोहोरी व्याटलले अलि–अलि भोक मेटायो । त्यही चिनिने भोक क्या सर ।

पछि ‘बोल माया’ गर्दा मैले चिनिने भन्दा सम्झिने तिर अल्ली बढी ढल्केर काम गरे र आफूलाई अलिधेरै अंक बटुले दर्शकस्रोताबाट ।

‘ब्याटल टु’ ले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस ? कताको मुन्छे होस् ? भनेर अलि–अलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगित पनि नेपाली विषय जस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने, १०० मा ३२ ।

‘गलबन्दी’सम्म आउँदा मेरो अंक सयमा–सय आएको थियो सर । कापी जाच्ने शिक्षक जस्तै गीत जाच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छर ? तर स्कुलनै टपिसकेपछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले ‘गल्बन्दी’लाई तपाईले पनि जाच्नु भयो सर ।

तपाईंलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईंले ‘गल्बन्दी’ सुनिसकेपछि तपाईंको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भइसकेपछि आएका नकरात्मक टिकाटिप्पणीहरुबाट तपाईंको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःखी छु ।

एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईंको व्यक्तित्व र नियतमाथि आएका प्रश्नप्रति म लज्जाबोध छु ।

यद्यपी तपाईंले कुरा उप्जाइसकेपछि मेरो नियतमाथि, व्यक्तित्वमाथि, सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जिवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ । त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है ।

म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमय अवसर छ – भाइरल ।

छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खादै लखेटिने प्रवृति ।

जुन भोक थियो नि सर चिनिने चर्चित हुने । भयो, अघाइयो, भुडि फुट्ने गरि अघाइयो ।

अ, साच्ची भाका मिलेको प्रंसग । गाउमै हुँदा सुनेको भनेर तपाईंलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साझमा काम गर्न थाले पछि हजुरका धेरै गीतहरु सहकर्मीको आवाजमा सुनियो ।

आफूलाई रहर लागेर खोजी–खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो ।

तर कुन कसम खाएर भनौं सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिलेनै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ।

चिठी तिमीलाई र तिमीले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा सहकर्मीले गाउथे म अभिनय जस्तो गर्थे । हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ?

पैसा पनि राम्रै झर्थ्यो । म चाहीँ ‘रहरले चलेछ बतास सुस्तरी’ बोलको गीत गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै ।

तर कुन कसम खाएर भनौं सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिलेनै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ।

बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सही कति गलत । त्यता तिर नजाँउ । मैले यहाँ जोड्न खोजेको चाही पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई ‘रि रेकर्ड’ गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो शीर्षक तपाईंले त्यति खेरै लिनुभयो । अब मैले किन लिन्थेर

अहिले त झन खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश ‘वे’ छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैलमाथि जोडिसके तेइ ‘भाइरल ‘ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन ? का मिलेको छ ? भनेर तपाईंको बिचारलाई तपाईंको फिलिङसलाई तपाईंको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्न ।

आफैले भन्नु भएको थियो म तपाईंको छोरा भन्दा पनि धेरै कान्छो उमेरको छु । तपाईं मेरो बुबा भन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईंको भोगाइ, तपाईंको अध्ययन अनुभव, तपाईंको योगदान तपाईंको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटाकेटी नै हो ।

एउटा स्रोता भएर सुन्दा ‘गलबन्दी’ र आउ नाचौं १–२ ठाउँ उस्तै–उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओइ सुन्त मिलेको छ, यार भनेर यी दुई गीत (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकै चोटी सुनाउने हो भने जोकोहीको मनमा पनि आउछ होला – य होत यार मिलेकै रैछ । तर, अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाही छैन कि सर ? कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र ? ‘सेम टु सेम’ भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिँदैन । हेर्नुस त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी –कबड्डी जस्तो मिडिया–मिडिया नखेलौं ।

मैले यहाँ निर धेरै लोक भाका मिल्छन । उस्तै उस्तै हुन्छन । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भनेपनि तपाईंलाई तर्कले जित्न खोजे जस्तो होला । यद्यपी अन्य संगितहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावापानी वनजंगल जस्तै प्राकृतिक ।

मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसैपनि जति गीत चलेकाछन् ति सबै शब्द र संगितले मात्रै होइन भिडियोमा अनेक ‘तिग्डम’ गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिक मै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो ? चिठी तिमीलाई‘ ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडि त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । खौर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपि गरेको हुँदै होइन सर । डिट्टो कपि पनि छैन गीत । मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाईं भन्दा अझै अग्रज, तपाईं र मसम्म आउँदा नेपाली संगित र विशेषतः लोक गीत सिर्जना गर्ने ति तमाम अग्रजहरुबाट प्रभावित हुँदै हामीले गीत सिर्जना गर्न हो ।

तपाईंहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिड्न पाएका छौँ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारी बोध पनि गरेका छौँ । तपाईंहरुकै बाटोमा हिँड्दै गर्दा तपाईंहरु जस्तै –जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ ।
गीतसंगितमा भीडभाड छ । किनकि बाटो सजिलो भएको छ । जो कोही, जा कहीबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुची फेरी डेन्जर– डेन्जर छ सर । यस्तो अवस्थामा ‘गलबन्दी’ जस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर ।

हजारौँ प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठी तिमीलाई दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर । तपाईंको अस्तित्व आउँछ आउँछ ।

आफ्नो व्यवसायीक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्याएर ३२–३५ मिनेटको तिहार गीत बनाउन तपाईंलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर ?

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईंको तर तपाईंलाई कलाकारिता गर्दा केबल नाफा–घाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको १ नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर ।

त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउँन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिसियोस् । हजारौँ प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठी तिमीलाई दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर । तपाईंको अस्तित्व आउँछ आउँछ ।

लेख्दा–लेख्दै मोबाइलको व्याट्री २ प्रेसेन्ट भएछ । समय बिहानको ४ः३४ र अन्त्यमा, तपाईंले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर । छलफलका लागि बहसका लागि, संगितको शुद्दिकरणका लागि, कपिराईटको कानून कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्योन सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिद्रो बस्छु । ‘गलबन्दी’को लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर ।

यता पश्चिम तिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । अब कस–कसको नाम राखौँ सर । ‘नाम में क्या चिज हे ?’ अब यसै पनि आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गलबन्दी । तर उत्तर यति मै सकिदैन । ‘ ए त्यो शम्भु राईसंग मिलेको गित ’ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसमा ।

अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याय पनि गीत उस्तै–उस्तै सुन्नेको कान फेर्न सक्दिँन । त्यसैले एउटा सिर्जनामाथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यही स्वतन्त्र छोडौँ न सर । म तपाईंलाई असाध्यै सम्मान गर्छु ।

तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नया पुस्तालाई डर पैदा नगरिदिनुहोला । जो गीतसंगितमा केही गरौं भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौँ ।

आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गलबन्दी । तर उत्तर यति मै सकिदैन । ‘ ए त्यो शम्भु राईसंग मिलेको गित ’ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसमा ।