चितवनमा दुई ठाउँमा ग्यास सिलिण्डर विस्फोट

0
264

रत्ननगर ५ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दको कारण चितवनमा दुई स्थानमा सिलिण्डर ग्यास विस्फोट भएको छ भने एउटा डिस्पोज गरिएको छ । विस्फोट खाली ठाउँमा भएकाले कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ ।
चितवनको भरतपुर महनगरपालिका १८ स्थित घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको छ । भने यता कालिका नगरपालिका ८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोला राखीएको सिलिन्डर पड्काएको छ । यस्तै खैरहनी नगरपालिका चैनपुर ३ स्थित लदरी खोला नजिकै खेतमा भेटिएको सिलिन्डर भने प्रहरी डिस्पोज गरेकोे प्रवत्ता रेग्मीले जानकारी दिनु भयो ।
चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन् भने चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितववनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here