चितवनको सुरक्षाको लागि कसैको दबाबमा पर्दिन : एसपी मल्ल

0
75

चितवन, २१ जेठ । पुर्वी चितवनको रत्ननगरमा रहेको सामुदायिक रेडियो, रेडियो अर्पण १०४.५ मेगाहर्जले हाले सरूवा आउनु भएका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एस.पी) दानबहादुर मल्ललाई आज स्वागत गरेको छ । रेडियोको सभाहलका आयोजित स्वागत कार्यक्रममा रेडियोका अध्यक्ष मेघनाथ पौडेलले र उपाध्यक्ष यमन भुसालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक मल्ले नागरिकको शान्ति सुरक्षाका लागि आफुले कुनै कसर बाकी नराख्ने बताए । मल्लले चितवनमा प्रहरीको जनशति कम भएका भए पनि नागरिकको सुरक्षामा कमि हुन नदिने वताउनु भएको छ । चितवन र त्यस्मा पनि पुर्वी चितवनमा ट्राफिक प्रहरी अभाव र आवश्यक्ता रहेको बताउदै समस्या समाधानका लागि आफुले पहल गरिसकेको बताउनु भएको छ । चितवनमा चोरी,डकैती, लुटवाट जस्ता गतिविधि हुने गरेको र कानुनले रोकेका जुनसुकै कार्यमा संलग व्यक्तिलाई कानुनी कारबाही गर्ने बताउनुभयो ।  साथै उहाले कुनै व्यक्ति र राजनितिक दबाबमा परेर अपराधिलाई उनमुक्ति दिने कार्य चितवन प्रहरी वाट नहुने बताउनु भएको छ ।
चितवनमा पछिल्लो पटक नदिजन्य सामाग्रीको दोहन भएको भन्ने जनगुनासो आएको र अनुगमन गरि तत्काल त्यस्ता कार्य रोकेको बताउदै थप कडाई गर्ने बताउनु भएको छ । मल्लले प्रहरी भित्रै पनि सुदृकरण गर्न आवश्यक रहेको बताउँदै आफ्नो ध्यान त्यस प्रति पनि केन्द्रित रहेको बताउनुभएको छ ।


मल्लले चितवन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अहिलेका गृहमन्त्री रामवहादुर थापाको गृह जिल्ला नेपालकै मध्यभागमा रहेको र नेपालकै तेस्रो र प्रदेश ३ को दोस्रो पर्यटकिय क्षेत्र भएकोले पनि चितवनमा सुरक्षा मजवुद्ध हुन पर्ने र बनाउनको लागि आफु कुनै कसर वाकि नराख्ने बताउनु भएको छ । कार्यक्रम रेडियोका अध्यक्ष पौडेललको अध्यक्षतामा सम्पन्न भएको थियो ।