उधोग ब्यवशायको रक्षा को लागि केन्द्रिय सदस्यमा मेरो उमेद्वारि – शुभ राज दुलाल

0
342

मिती २०५८ साल जेष्ठ १७ गते कास्की जिल्ला प्रशासन कार्यालय मा बिधिबत दर्ता भयको नेपाल बजार बिक्रि प्रतिनिधि संघको एतिहासिक पाँचौ राष्ट्रिय महाधिबेसन प्रदेश नं ५ अन्तर्गत रुपन्देही जिल्लाको सुन्दरनगरी बुटवलमा यहि जेठ २४ र २५ गते आयोजना हुँदैछ । नेपाली बजार क्षेत्रलाई व्यवस्थीत गर्नका लागि बजार बिक्रि प्रतिनिधि संघको आगामी दुई बर्षै कार्यकालका लागि संघको पाँचौ राष्ट्रिय महाधिबेसन हुन गैरहेको छ । नेपाल बजार बिक्रि प्रतिनिधि संघको पाँचौ राष्ट्रिय अबिधेसनमा संघको खुल्ला तर्फको केन्द्रिय सद्स्य पद को लागि बर्तामान प्रदेश न तीन का साधारण सदस्य अधिबक्ता शुभ राज दुलाल ले उमेदवारी दिने कुरा बेक्त गर्नु भयको छ । बिगत १२ बर्ष देखी बजार तथा बिक्री को क्षेत्रमा काम गर्दै आउनु भयका दुलाल ले फाइनान्समा अमेरिकन युनिभर्सिटी बाट स्नातकोत्तर (MBA) गर्नु भयको छ भने कानुनमा समेत स्नातक गरी अधिबक्ता को प्रमाणपत्र लिनु भयको छ ।

“ उधोग ब्यवसाय को रक्षा गरी सम्पुर्ण बजार प्रतिनिधिहरुको रोजगारी सम्रक्षण गर्दै हक अधिकारकाको सुनिस्चितता को लागि केन्द्रिय सदस्यमा मेरो उम्मेदवारी हो” दुलालले भन्नु भयो । बजार बिक्रि प्रतिनिधिहरुले कानुन को प्रयाप्त जानकारी नभयको कारण भोग्नु परेको कानुनी अल्झनको लागि पनि मेरो उमेद्वारी रहेको कुरा दुलालले बताउनु भयको छ । बजार बिक्रि प्रतिनिधिहरुको सुनिस्चित भबिस्य को लागि पनि नेपाल राज्य भर छरियर रहेका बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुमा कार्यरत बजार तथा बिक्री प्रतिनिधि हरुको पेसागत हक हितको सुनिस्चितताको लागि आपसमा आत्मियता कायम गर्नु नै आजको आवश्यकता रहेको बताउनु भयो । पेशा लाई मर्यादित बनाउदै बजारमा भयका बिभिन्न बिक्रिती बिसंगती को बिरुद्धमा एक हुन पनि यो आवश्यक रहेको छ ।

उद्योगी व्यवसायीहरु रहे मात्र आफुहरु रहने भन्दै उद्योगी व्यवसायीहरु संग हातमा हात र काँधमा काँध मिलाएर राज्यको आर्थीक बिकासमा टेवा पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने बजार बिक्रि प्रतिनिधिहरुको सुरक्षित भविस्यको सवाल उठाउनु हामी सबैको दायित्व रहेको छ । देशको आर्थतन्त्रमा उधोग प्रतिस्ठानले ५० प्रतिसत हिस्सा ओगटेको अवस्थामा उक्त प्रतिस्ठान मा काम गर्नी कम्पनी प्रतिनिधि को महतोपूर्ण भूमिका रहेको हुन्छ ।
महाधिबेसनमा ७ प्रदेश का प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी एक हजार बढि ले भाग लिने बताईएको छ । महाधिबेशन बाट ४९ सदस्यिय समिती गठन गरिने कुरा केन्द्रिय सदस्यका उमेद्बार शुभ राज दुलाल ले जानकारी दिनुभयो । सम्सोधित बिधान ले केही शंख्या थपघट गर्न सकिने कुरा समेटा बेक्त गर्नु भयो ।