बोल माया टिमको, गलबन्दी वोलको गीत सार्वजनिक चर्चाको शिखरमा(भिडियो सहित)

0
678

चितवन १२ जेठ । बोल माया बोलको गीत सार्बजनिक गरेको एक वर्ष पुरा हुदा बोल माया टिमले नया गीत गलबन्दी सार्बजनिक गरेको छ ।
प्रकाश सपूतले गत वर्ष गीत ‘बोल माया’ वोलको गीत सार्बजनिक गरेर सारा नेपालीलाइ भाबुक बनाएका थिए । भने यहि गीत बाट मोडल अञ्जली अधिकारी र शान्तिश्री परियारको चर्चा चुकिएको थियो ।
प्राय जसो पुरानौ टिम रहेको सो गीतमा यो पटक भने मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाइ बिषय वस्तु बनाइएको छ । प्रकाशलाई स्वरमा शान्तीश्री परियारले साथ दिएकि छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को गरेका छन् ।
भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी छिन् । भिडियो निर्देशन प्रकाश आफैंले गरेर अब्बल निर्देशनको परिचय समेत दिएका छ्न्।
गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ। गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनेको छ ।