माग र आवश्यकताले मैले यो क्षेत्र रोजें : खड्का

0
80

चितवन १० जेठ । एक दशक अघिमात्र साइकलको शहरको रुपमा परिचित चितवन जिल्लामा हाल छ्याप्छ्याप्ती मोटरसाइकल, कारको संख्यामा बृद्धि हुदै गईरहेको छ । सडक विस्तारसंँगै मानिसमा आएको जीवनशैलीका कारण मोटरसाइकल, कार चढ्ने व्यक्तिको संख्यामा बृद्धि हुदै गइरहेको हो । पछिल्लो समय नयांँ गाडी, मोटरसाइकल चढ्ने बृद्धि भएसंँगै यसको आवश्यकता परिपूर्ती गर्न रिकन्डीसन हाउस खुल्ने क्रम बढ्दो छ । ग्राहकहरुको चाहना र रोजाई माग अनुसार नारायणगढदेखि भरतपुरसम्म र जिल्ला भरीनै रिकन्डीसन हाउसहरु खुल्ने क्रम बढेको छ । नयांँ सवारीभन्दा रिकण्डीसन सवारीहरु सस्तो र आफूले खोजेको ब्राण्ड सजिलै पाइने भएकोले ग्राहकहरु यसतर्फ आकर्षित हुदै गएका छन । आफूले चाहेको समयमा उचित मूल्यमा बिक्री गर्न र साट्न सकिने भएकोले रिकन्डीसन तर्फ ग्राहकहरु आकर्षित भएका हुन । हाल नारायणगढ र भरतपुरमा दर्जनौ रिकण्डीसन हाउसहरु खुलेका छन । यी मध्ये अधिकांश रिकण्डीसन हाउसहरु स्थापित हुदै गएका छन । रिकण्डीसन बजारमा आफ्नो पहिचान बनाउन सफल युवा व्यवसायी, समाजसेवी एवं दाजुभाई रिकण्डीसनका संचालक दिपक खड्कासंँग रहेर रिकण्डीसन अटोमोवाइलको बारेमा गरिएको संक्षिप्त कुराकानी ।

तपाई रिकण्डिसन व्यवसाय तिर किन आर्कषित हुनुभयो ?

चितवनमा भएको दु्रततर विकास, मानिसहरुको जीवशैली क्रय क्षमता संँगै यस क्षेत्रको माग र आवश्यकता मैले देखे । हिजो साइकल चढ्नेहरु अहिले मोटरसाइकल चढ्ने भए । हिजोका दिनसम्म त्यसमा पनि रोजी रोजी , फेरी फेरी एउटै शोरुममा किण्डिसन गाडी र बाइक भेटिदैनन । र, चितवन देशकै केन्द्रविन्दु र संभावना नै संभावना भएको जिल्ला हो । यो एउटा आर्थिक हब र व्यवहारिक केन्द्र पनि हो । यहांँ साना व्यापारी देखि ठुला व्यवसायीको बसोबास रहेको क्षेत्रपनि हो । जताततै सडक सञ्जाल, मानिसको व्यस्तता बढेसंँगै यस व्यवसायको आवश्यकता बढेको मैले अनुभव गरे । त्यसैले भविष्यमा यसको माग उत्तिकै रहने देखेर म यस क्षेत्रतर्फ आकर्षित भएको हुंँ ।

रिकण्डिसन व्यवसाय अहिले कस्तो छ ?

रिकण्डिसन व्यवसाय फष्टाउंँदो चरणमा छ । किनकी मानिसका असिमित आवश्यकता र चाहना मध्ये यो पनि एउटा क्षेत्र हो । यो व्यवसायले मानिसको दैनिक जीवनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहज बनाएको छ । त्यसैले सबैवर्गका मानिसहरुको आवश्यकता पुरा गरेको हुनाले यसका उपभोक्ता पनि बढेका छन ।

तपाइको रिकण्डीसन हाउसमा कस्ता प्रकारका कार, मोटरसाइकल पाइन्छन ?

मेरो दाजुभाई रिकण्डीसन हाउसमा सबै कम्पनीका सबै ब्राण्डका मोटरसाइकल कार, जीपहरु उपलब्ध छन । ग्राहकहरुको रोजाई र चाहना अनुसार हामीले रिकण्डीसन सवारी साधन बिक्री गरिरहेका छौं । साथै भरतपुरको ओरालोमा र एयरपोर्ट अगाडी हाम्रो रिकण्डीसन हाउस मार्फत ग्राहकको आवश्यकतालाई पुरा गरेका छौं ।

तपाइको रिकण्डीसन सवारी साधनमा कस्ता वर्गका ग्राहक बढी आउने गर्छन किन ?

रिकण्डीसनमा मध्यम बर्गदेखि उच्च बर्गका ग्राहकरु आउने गर्दछन । किनकी यहांँ आउने वितिकै ग्राहकले अन्य शोरुम र रिकण्डीसन हाउस चाहारिरहनु पर्दैन । सबै कम्पनी, ब्राण्ड र मोडलका सवारी साधन उपलब्ध हुने हुनाले यहांँ सबै वर्गको लागि केन्द्र जस्तै बनेको छ । अर्को कुरा यहांँ नयांँ सवारी साधनजस्तो महंगो मूल्यमा सवारी खरीद गर्नुपर्दैन । ग्राहकले आफ्नो गच्छेअनुसार सवारी साधन किन्न सक्नेछन । र हामीले ग्राहकको सुविधाको लागि एक्सचेञ्ज र फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको हुनाले हाम्र रिकण्डीसनमा आएपछि ग्राहकले फर्किनु पर्दैन ।

रिकण्डीसन सवारी साधन किन्दा बढी टिकाउ र गुणस्तरको हुदैन भन्छन नी? यस बिषयमा तपाईको धारणा के छ ?

रिकण्डीसन भनेको पुरानो थोत्रो सवारी साधन होइन । यस बिषयको नकारात्मक सन्देश बारे भ्रम चिर्नुपर्दछ । किनकी हामीले काम नलाग्ने, पुराना सवारीसाधनलाई न खरीद गर्छौ नत बिक्री नै । अर्को कुरा रिकण्डीसन भनेको शोरुमबाट भर्खरै निकालेर भोलिपल्ट हामीकोमा पनि आउने साधनहरु पनि हुन्छन । हामीले यस्ता साधनहरु खरीद गर्ने बिक्री गर्ने काम पनि गर्छौ । रिकण्डीसन भन्ने वित्तिकै केही टुट फुट भएका सवारी साधनलाई प्राविधिकको निगरानीमा यसलाई मर्मत सम्भार गरेर कण्डिसनमा राख्ने हो । त्यसैले यसमा कम गुणस्तरहुन्छ भन्ने प्रश्न नै आउंँदैन ।

रिकण्डीसन सवारी साधन किन्दाका फाइदा र वेफाइदा के छन् ?

रिकण्डीसन सवारी साधन किन्दा बेफाइदा हुन्छ भन्ने पक्षमा म छैन । वेफाइदा हुने हो भने ग्राहकहरु किन आउंँछन र? रिकण्डीसन सवारी साधन लिदा एक त बजार मुल्य भन्दा एकदम सस्तोमा ग्राहकले पाउंँछन । अर्को कुरा एक्सचेन्ज र बिक्री गर्न समेत सजिलै पाइन्छ । केही समय चढेर बिक्री गर्दापनि ग्राहकलाई केही घाटा पर्दैन । तर नयांँ शोरुमबाट किनिएको सवारीसाधनमा एकत महंगो र बेच्दापनि धेरै घाटा बेहोनुपर्ने हुन्छ । त्यसकारण रिकण्डीसन सवारी साधन लिएर ग्राहकले पछुताउनै पर्दैन ।

तपाई छोटो समयमै सफलता गरेको व्यक्ति सफल हुनुको कारण के हो ?

कुनैपनि व्यवसायमा सफल रहन प्यासन चाहिन्छ । अर्कोकुरा निरन्तर मेहनत लगाव र गुणस्तरीय सेवापनि उत्तिकै आवश्यक छ । ग्राहलाई सन्तुष्टी दिनु र उनीहरुको इच्छा अनुसारको सेवा दिनुनै मेरो सफलताको कारण हो । लगानी भन्ने बिषय गौण हो । किनकी लगानी मात्रै गरेर व्यवसाय सफल होइन्छ भन्ने लाग्दैन । लगानी त यसको सहायक पाटो हो । मैलैपनि थोरै लगानीबाट शुरु गर्दै यसलाई विस्तार गर्दै लगेको हो । ग्राहकले हाम्रो सेवा मन पर्दे गएपछि यसको आवश्यकता महसुस गर्दै यस व्यवसायलाई स्थापित गर्न सफल भएका हौं । त्यसैले म फाइदा लिनुभन्दा बढी सधै ग्राहकको सेवामा समर्पित भएकोले होला अहिले यो स्थानमा आएको छु ।

तपाई व्यवसायसँगै विभिन्न सामाजिक गतिविधिमा पनि उत्तिकै रुचि राख्नुहुन्छ यसको खास कारण के हो ?

म एउटा व्यवसायी मात्र होइन एउटा सामाजिक प्राणी पनि हो । समाजमा हरेक व्यक्तिको उत्तिकै दायित्व हुन्छ । दामले मात्र सबैचीज परिपूर्ती हुन सक्दैन यसलाई व्यवस्थापन गर्नपनि सक्नुपर्दछ । म पहिल्यैदेखि सामाजिक भावको मान्छे पैसामात्र भनेर पछि लागिन । आफूले कमाएको केही हिस्सा समाजलाई पनि दिनुपर्छ भन्ने सोच मेरो छ । समाजमा बसेपछि सामाजिक उत्तरदायित्व बहन पनि गर्नसक्नुपर्दछ । त्यसैले पनि विभिन्न संघ संस्थाहरुलाई नगद जिन्सी सहयोग गर्दै आएको छु। बिशेषगरी खानलाउन नपाएका, दुखी गरीबका लागि मैले सहयोग गर्दै आएको छु । म आफू सम्बद्ध संस्थामार्फत पनि समाजमा केही उल्लेखनीय काम गरेका छौं । म आफै क्षत्री युवा समाजको अध्यक्ष हु। यस समाजमार्फत भरतपुर महानगरमा सार्वजनिक शौचालय, स्कुलहरुमा शैक्षिक सामाग्री र मानवसेवा आश्रममा भोजनको व्यवस्था गर्दै आएका छौं । सामाजिक काम गर्दा मैले आत्म सन्तुष्टी पाएको छु ।

भविष्यमा तपाईको योजना के छ ?

यस व्यवसायलाई विस्तार गर्दै लैजाने योजनमा छु । हाल चितवनको भरतपुरमा दुइ शाखा र रत्ननगरमा हामीले सेवा दिदै आएका छौं । ग्राहहको चापसंँगै र माग अनुसार अन्य स्थानमा पनि यसको शाखा विस्तार गर्ने योजनमा छौं ।

अन्त्यमा आफ्ना ग्राहक वर्गहरुलाई के सन्देश सुझाव दिन चाहनुहुन्छ ?

मेरा सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजनहरुलाई २०७६ सालको नयांँबर्षको शुभकामना व्यक्त गर्न चाहन्छु । हालसम्म उहांँहरुले दिएको साथ सहयोगप्रति म आभार प्रकट गर्न चाहन्छु । साथै कुनै कम्पनी तथा बा्रण्डका कार, मोटरसाइकल, जीप, भ्यान आदि खरीद गर्नुपरेमा तपाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।