चितवनमा प्लाज्मा थेरापीका लागि रक्तदान सुरु

0
91

चितवन । मंगलबार चितवनमा आज चितवन चेम्बर अफ कमर्सले प्लाज्मा थेरापीका लागि रक्तदान अभियान सुरु गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।

नेपाल अफ चेम्बर कमर्सको ७० औं स्थापना दिवसको अवसर पारेर व्यवसायीको अग्रसरतामा प्लाज्मा थेरापीका लागि रक्तदान अभियान सुरु गरेका छन । कोभिड–१९ बिरामीलाई प्लाज्मा थेरापीका लागि कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को संक्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ ।

मंगलबार चितवनको राप्ती नगरपालिका क्षेत्रमा गरिएको अभियानमा संक्रमणमुक्त बनेका १२ जनाले रक्तदान गरेका छन । कोरोना जितेका १२ जनाले प्लाज्मा थेरापीका लागि रक्तदान गरेको कार्यक्रमका संयोजक माधव दुवाडीले जानकारी दिनु भएको छ ।