घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

0
16

नेपालगञ्ज । एक प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेका हवल्दार राजेशबहादुर द्वाल रहेका छन् । उनलाई १३ हजार घुससहित पक्राउ गरेको अख्तियार नेपालगञ्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।