कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण

0
58

कैलाली । कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण गरेको हो ।

निड्स नेपाल कञ्चनपुरको सहयोगमा ४६ जनालाई किट्स वितरण गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहयोगमा १५ जनालाई हर्लिक्स पनि वितरण गरिएको छ । आइसोलेशनमा रहेका महिला र बालबालिका गरी १५ जनालाई आधा किलोको दरमा हर्लिक्स वितरण गरिएको हो ।

टीकापुर नगरपालिकाका सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ । ५५ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् भने टीकापुरमा सक्रीय सङ्क्रमितको सङ्ख्या ४७ रहेको छ । सङ्क्रमितमा पनि २८ जना अस्पतालको आइसोलेशनमा र १९ जना सेल्फ आइसोलेशनमा बसेका छन् । रासस