आज मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

0
11

काठमाडौ । आज प्रदेश न. १ मा पूर्णतया बदली रहि बाँकी प्रदेशमा सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको । विभागका अनुसार हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।